गरिब राष्ट्रलाई १ अर्ब मात्रा कोभिड खोप उपलब्ध गराउन जी-७ का नेताहरू सहमत

सोमबार, जेठ ३१, २०७८

लण्डन । धनी राष्ट्रहरूको समूह जी-७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएका छन् । ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने उनले जनाएका छन् । उक्त परिमाणमा बेलायतले दिने भनेको १० करोड मात्रा पनि समावेश छ । 'विश्वलाई खोप लगाउने यो अर्को महत्त्वपूर्ण कदम हो' जोनसनले भने । पत्रकार सम्मेलनमा उनले अक्सफर्ड-एस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै 'विश्वकै सबैभन्दा लोकप्रिय खोप' भने । लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले एस्ट्राजेनेकाको यो कदमलाई 'उदारतापूर्ण कार्य' को संज्ञा  दिए । उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड-एस्ट्राजेनेकाको रहेको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार