नवनियुक्त मुख्यमन्त्री नेपालीलाई निवर्तमान मुख्यमन्त्रीको बधाई

शनिबार, जेठ २९, २०७८

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुखसीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी  बधाई दिएको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । आजै मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले मन्त्रीको शपथ ग्रहण गर्दै छन् । 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार