बीएन्डसीको सम्बन्धनमा प्रधानमन्त्री–शिक्षा मन्त्री लचिलो 

सम्बन्धन दिने निर्णय लेख्न आयोग पदाधिकारीलाई शिक्षामन्त्रीको दबाब
शनिबार, जेठ २९, २०७८

काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ऐन नियमअनुसारको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो क्षमताअनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाई राखेका थिए । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय लेख्न लगाएका थिए ।  निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले बीएण्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको जानकारी दिए । ‘बीएण्डसीको बारेमा प्रक्रिया र्पुयाई सम्बन्धन दिने कुरा भएको छ, सम्बन्धन पाउने भयो’, उनले भने, ‘ऐन नियम कानुनले के भन्छ हेरेर आयोगले सिफारिस गर्नुपर्छ ।’ 
आयोगले सिफारिसपछि काठमाडौं विश्वविद्यालयले सम्बन्धनका विषयमा अन्तिम निर्णय दिने छ । काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने प्रक्रिया अघि बढाएको थियो । बैठकमा आयोगको बार्षिक बजेट तथा कार्यक्रम, मेडिकल कलेजको सिट निर्धारण, आयोगको संगठन संरचनाको विषयमा पनि छलफल र विभिन्न निर्णय भएको छ ।

यसअघि चिकित्सा शिक्षा आयोगको सातांै बैठकमा प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रका कुन–कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्र्जुमा गर्न निर्देशन दिएका थिए ।  प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामीलाई मुटुरोग, क्यान्सर रोगजस्ता विषयमा कति विशेषज्ञ जनशक्ति चाहिएको हो ? कति मध्यमस्तरको जनशक्ति चाहिन्छ ? सामान्य प्राविधिक जनशक्ति कति चाहिन्छ ? यसको हिसाब हुनुपर्छ । त्यसअनुसारको जनशक्ति उत्पादन नीति हुनुपर्छ ।’ आयोगका दुई वर्ष सन्तोषजनक नभएकोमा असन्तुष्टि जनाउँदै प्रभावकारी काम गर्न ओलीले निर्देशन दिएका थिए ।  ‘गाउँमा अहिले पनि महिला स्वास्थ्य स्वंसेविका नै त्यहाँका ठूला चिकित्सक हुन् । शहर आएपछि मात्र त्यहाँका जनताले डाक्टर देख्न पाउँछन् । त्यसैले ती ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सकेमा पनि ठूलै उपलब्धी हुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रतर्फ औंल्याउँदै प्रंधानमन्त्री ओलीले त्यसमा पुनरावलोकन गर्न आग्रह गरे ।  कुन विश्वविद्यालयले कतिवटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामथ्र्यमा भर पर्ने जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘त्रिभुवन विश्वविद्यालयको क्षमता अन्य विश्वविद्यालयको भन्दा बढी हुन सक्छ । भर्खरै खुलेका विश्वविद्यालयले एउटा कलेजमा मात्रै सम्बन्धन दिने अवस्था हुनसक्छ, यसमाम ध्यान दिनुपर्छ’, उनले थपे ।
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार