सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग शुक्रबार छलफल गर्ने

बुधबार, जेठ २६, २०७८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग शुक्रबार छलफल गर्न लागेका छन् । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् । सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र  संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफलका लागि उहाँहरूलाई बोलाइएको बताइएको छ । बैठक अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ  । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुख तथा कानून व्यवसायीसँग छलफल गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार