प्रदेश २ सरकारको नीति तथा कार्यक्रम भोलि 

स्थानीय तहको सशर्त अनुदान निर्णय फिर्ता हुने 
बुधबार, जेठ २६, २०७८

जनकपुरधाम । प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने भएको छ । सभामुख सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रदेश प्रमुख डा राजेश ‘अहिराज’ले  दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम  छ । यसैबीच मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको सशर्त अनुदान योजना सन्दर्भमा उत्पन्न समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजोदेखि अवरूद्ध प्रदेशसभा बैठक आज पुनः सञ्चालन भएको छ ।  सशर्त अनुदान योजनामा प्रदेशसभा सदस्यले पेश गरेको योजना नसमेटिएको, स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै विपक्षी दल नेकपा (एमाले) नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यले बैठक अवरूद्ध गरेका थिए । आजको बैठकमा मुख्यमन्त्री राउतले स्थानीय तहको सशर्त अनुदानको  योजना सच्याउने प्रतिबद्धता  व्यक्त गर्दै त्यसका लागि कानूनमन्त्रीलाई निर्देशन दिएको थिए ।
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार