नेपालमा थप ४३ सयमा कोरोना भाइरस सङ्क्रमण, ८१ जनाको मृत्यु

बुधबार, जेठ २६, २०७८

काठमाडौं । नेपालमा विगत २४ घण्टामा ४,३४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्याका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार थप ८१ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । कुल १६ हजारवटा नमुना परीक्षण गर्दा २८.६ प्रतिशत सङ्क्रमित भेटिएका हुन् । विगत दुई सातामा कोभिड सङ्क्रमण बढी देखिएका जिल्लाको तथ्याङ्क बताउँदै पौडेलले भने, ‘तथ्याङ्क  हेर्दो गाउँ –गाउँमा कोरोना फैलिएको पुष्टि हुन्छ ।’ थप ६,५७० सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल सङ्क्रमित सङ्ख्या छ लाख १५ हजार नाघेको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सङ्क्रमितहरू निको भइसकेका छन् । कुल सङ्क्रमितमध्ये ८५.२ प्रतिशत निको भएका छन् भने १।६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ । बाँकी सक्रिय सङ्क्रमित छन् । अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ८,१७९ पुगेको छ ।  बुधवार काठमाडौंमा ६७९ जना, ललितपुरमा १५१ र भक्तपुरमा ८५ जना सङ्क्रमित थपिएका छन् । देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७४,४३८ जना घरमै, ५,८९८ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । मन्त्रालयका अनुसार अहिले देशका विभिन्न स्थानमा १,३१२ जना आईसीयूमा र ३७५ जना भेन्टिलेटरमा छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार