आजदेखि भेरोसेलको खोप लगाइने

दुई डोज खोप लगाउनु पर्ने भएकाले ५ लाख व्यक्तिलाई मात्र पुग्ने
मंगलबार, जेठ २५, २०७८

काठमाडौँ । आजदेखि कोरोना रोगविरुद्ध खोप अभियानको नयाँ चरण सुरु भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।   देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले खोप केन्द्र र खोप अभियानको समय तोक्ने व्यवस्था गरिएको छ।  विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति घटबढ हुन सक्ने शाखाका प्रमुख डा. झलक गौतमले बताए । ‘तर हामीले एकै दिन खोप अभियान सुरु गर्न निर्देशन दिएका छौं’, उनले भने । गौतमका अनुसार नेपालमा ६०–६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ। एकजनालाई दुई डोज खोप दिनुपर्छ। चीनले दिएको १० लाख डोजले ५ लाख व्यक्तिलाई मात्र पुग्छ। त्यसमा पनि तिब्बतसित सीमा जोडिएका पालिकामा १८ वर्षमाथिकालाई समेत खोप दिने निर्णय भएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार