सोसल मिडिया
Contact Us
युनिकोड
धनगढी । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ । एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएको छन् । माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने कायक्रम छ । एमालेले विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले बताए । ५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् । एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् । नेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्र्नेछन् । कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।
बजेट कारोना असरलाई उठाउन केन्द्रित कोभिड—१९ बाट उत्पन्न बहुपक्षीय असरलाई निराकरण गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७८÷०७९ को पूर्व बजेट छलफलका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कोरोनाबाट परेको बहुपक्षीय असरको क्षति न्यूनीकरण र अर्थतन्त्रका पुनरुत्थानमा टेवा पु¥याउने कार्यक्रमलाई नयाँ बजेटमा उच्च प्राथमिकता दिएको जानकारी दिए । उनले पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्य सेवाको विकास,निजी क्षेत्रका लागि प्रोत्साहन सहितको आर्थिक सहुलियत, रोजगारी सिर्जना,कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, प्रदेश पूर्वाधार आयोजना कार्यान्वयनमा आगामी बजेटले प्राथमिकता दिने बताए । ‘‘कोरोना महामारीका कारण नागरिकको जीवन रक्षा गर्न प्रवद्र्धनात्मक, उपचारात्मक र प्रतिकारात्मक लगायतलाई विशिष्टिकृत गर्ने तर्फ पनि बजेट परिलक्षित हुनेछ,’’उनले भने, ‘‘स्वदेश र विदेशमा रोजगार गुमाएका नेपाली लक्षित विषेश प्रोत्साहनका कार्यक्रमलाई पनि प्राथमिकता दिइने छ ।’’ बैठकको विषेश समयमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले उपप्रधानमन्त्री राजेन्द्र महतोले हालै दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन समेत आग्रह गरे । .