प्रधानन्यायाधीश बिरामी भएपछि संवैधानिक इजलास स्थगित

सोमबार, जेठ २४, २०७८

काठमाडौं । संसद् विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि तोकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएकाले इजलास स्थगित भएको हो । संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् ।
तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । सरकारको कानुनी सल्लाहकार रहने महान्यायाधीवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए । दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई संसद विघटनको मुद्दा सुनुवाइ गर्ने संवैधानिक इजलासमा राख्न नहुने बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार