एमालेमा एकताका लागि अध्यक्ष ओलीको छ बुँदे प्रस्ताव

ओली २०७५ जेठ २ अघिको अवस्थामा फर्कन तयार, सर्वाेच्च अदालतमा बुझाएको सांसदहरूले हस्ताक्षर फिर्ता हुनुपर्ने सर्त
सोमबार, जेठ २४, २०७८

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेका छन् । एमालेका नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू असन्तुष्ट भई पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीले छ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका हुन् । उनले नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा  आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरू क्रियाशील हुने जनाएका छन् । राष्ट्रिय राजनीतिक उतार चढावसँगै पार्टी हित विपरीत लागेको भन्दै विभिन्न नेताहरूलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरूले अनौपचारिकरूपमा एकताका लागि पहल गरेका थिए । त्यसैको प्रत्युत्तरमा आज अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरू मूलभूतरूपमा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि

 

बताएका छन् ।

उनले प्रधानमन्त्रीबाट आफूलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतमा दायर रिटबाट पार्टीका निवर्तमान सांसदहरूले हस्ताक्षर फिर्ता हुनुपर्ने पनि प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने पनि स्पष्ट गर्नुभएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार