सर्वाेच्को अन्तरिम आदेशपछि गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले भने, 'जनमतको कदर भयो' 

आइतबार, जेठ २३, २०७८

गलकोट । गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले आफ्नो पद पुनः बहाली गराउने सर्वोच्च अदालतको अन्तरिम आदेशले जनताको भावनाको कदर भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (ख) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा आज अन्तरिम आदेश भएको हो । पद खारेज नगर्न अन्तरिम आदेश आएपछि थापाले जनताको भावनामाथि अदालतले कदर गरेको भन्दै थप ससक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।  “विपक्षी नेपाली काँग्रेसलाई सरकार बनाउन मेरै पार्टीले कारबाही ग¥यो, जनताको भावनाविपरित जादिनँ भन्ने अडान कायमै थियो” सांसद थापाले भने, “अदालतले पुन ःबहाली गरेको छ, मैले आफ्नो अठान फेरि पनि छोड्दिन, अब पनि काँग्रेसको गठबन्धनलाई सहयोग गर्दिनँ ।” 
थापाले आफ्नो क्षेत्रमा विकास निर्माणले गति लिएकोमा सांसद पद जाँदा जनातामा निराशा छाएको भन्दै विकासका बाँकी काम पुरा हुनेमा आशावादी भएको बताए। उनले पार्टीले समेत कारबाही फुकुवा गर्ने आशा व्यक्त गरेका छन् । “जनमोर्चा अझै हिमालको डाँफेको जस्तै छाती भएको पार्टी हो भन्ने लाग्छ,  फिस्टे चराको जस्तो छाती हुनु हुदैन” थापाले भने । उनले कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको स्पष्ट गरे ।-रासस
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार