प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि आज संवैधानिक इजलास बस्दै 

आइतबार, जेठ २३, २०७८

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा वरिष्ठताका आधारमा गठन गरेको संवैधानिक इजलासमा आज विवादको सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश जबराले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलास गठन गरेका छन् । 
नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने व्यवस्था छ ।  इजलास सञ्चालन गर्न संविधानले सर्वोच्च अदालतलाई अधिकार दिएको छ । संवैधानिक इजलास गठन भएलगत्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ  भएको थियो ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ सो अध्यादेश जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन परेका छन् । ती रिटमा सुनुवाइ ‘हेर्दाहेर्दै’ मा जेठ २७ गतेका लागि राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ हुदाहुँदै समयमा अभावका कारण बिहीबारलाई राखिएको हो । 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार