अमेरिकाले नेपाललाई खोप दिने

बिहीबार, जेठ २०, २०७८

काठमाडौं । अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अग्रसरतामा अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउन लागेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालले जानकारी दिएका छन् । 
उनले लेखेका छन्, 'सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड १९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने जानकारी गराएको छ ।'


'सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ  िहाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ' ढकालले ट्वीटरमा लेखेको छन् ।  


यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको वक्तत्वमा पहिलो चरणमा २‍‍.५ करोड करोड डोज खोप वितरण गर्न लागिएको जानकारी दिइएको छ । यसमध्ये ७५ प्रतिशत अर्थात् १.९ करोड डोज खोप कोभ्याक्सको माध्यमबाट वितरण गरिने बताएको छ । यसमध्ये ६० लाख डोज ल्याटिन अमेरिका, ७० लाख डोज दक्षिण र दक्षिण पूर्वी एसियामा र ५० लाख डोज खोप अफ्रिकामा वितरण गरिनेछ । बाँकी ६० लाख डोज अमेरिकाले कोरोना महामारीको गम्भीर चपेटामा रहेका राष्ट्र, छिमेकी र पार्टनरहरुलाई वितरण गर्ने बताइएको छ । यता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले खोप सहयोग गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार