कोरोनाबाट निको हुने दर ८० प्रतिशत

पाँच हजार ३१६ जनामा कोरोना सङ्क्रमण, १०१ जनाको मृत्यु
बुधबार, जेठ १९, २०७८

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  गत २४ घण्टामा सात हजार २१९ जना कोरोनामुक्त भएका छन् । यो अवधिमा देशभर पाँच हजार ३१६ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए । पिसिआर विधिबाट चार हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १३ हजार ८०५ जनाको नमूना पिसिआर र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसअवधिमा कोरोनाबाट १०१ जनाको मृत्यु भएको छ ।  योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ९९३ पुगेको छ । काठमाडौँ उपत्यकामा आजमात्र एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  २२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार