रेशम चौधरीको रिहाइका लागि सरकार लचक 

थारु समूहसँग कानुनसम्मत पहल गर्ने सहमत
मंगलबार, जेठ १८, २०७८

काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोली संयोजक रुक्मिणी चौधरीले जानकारी दिइन् । त्यस्तै थरुहट र थारुवान आन्दोलनका क्रममा ज्यान गुमाई राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ । सरकारले थारु कल्याणकारिणी सभासँग वार्ता गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी  रहेको वार्ता टोली गठन गरेको थियो । त्यस्तै थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोलीमा रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहेका थिए ।


 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार