सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नवलपुरका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री पठाएका छन् । कोइरालाले १३ लाख बराबरको स्वास्थ्य सामग्री पठाएका हुन् । नवलपुरको गैंडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल पत्रकार महासंघ नवलपुरलाई कोइरालाले स्वास्थ्य सामग्री पठाएका हुन् ।
२ थान आइसीयू वेड, १० थान अक्सिजन सिलिन्डर, ६ थान अक्सिजन कन्सट्रेटर, २३ हजार सर्जिकल मास्क, पाँच सय ६० थान फेस शिल्ड, दुई सय ३० लिटर सेनिटाइजर, दुई सय ५० थान पिपिई स्वकीय सचिव भरत तिवारीले नवलपुर पुगेर सोमबार हस्तान्तरण गरेका हुन् । कोइरालाले व्यक्तिगत खर्चमा उक्त स्वास्थ्य सामग्री पठाएका हुन् । गत वर्ष पनि कोइरालाले नवलपुरमा मास्कलगायतका स्वास्थ्य सामग्री पठाएका हुन् ।