एमाले निकट युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन

सोमबार, जेठ १७, २०७८

काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी  दिए ।  सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो  । युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ । महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको जानकारी दिए । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ । नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए । परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत उनले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार