राष्ट्रियसभा सदस्य निर्वाचनमा ओलीलाई दोस्रो झड्का

लुम्बिनी प्रदेशबाट कांग्रेसका पाण्डे निर्वाचित
सोमबार, जेठ १७, २०७८

दाङ । वाग्मती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई चुनावी मैदानमा उतारेर नराम्रो पराजय भोगेको एमालेकाे संस्थापन पक्ष लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पनि यस्तै पराजयको सामना गर्नु प¥यो । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा  नेपाली काँग्रेसका दृगनारायण पाण्डेले चारहजार १४० मत प्राप्त गरी विजयी भएपछि एमाले संस्थापन पक्ष वाग्मतीकै नियति भोग्न बाध्य भएको छ । कांग्रेसका पाण्डे नेकपा (एमाले) का चन्द्रबहादुर खड्कालाई पराजित गरी राष्ट्रियसभा सदस्यमा सिट सुनिश्चित गर्न सफल भएका छन् । खड्काले तीनहजार ६१२ मत प्राप्त गरेका थिए । पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजादी पार्टी, र जनमोर्चाको समर्थन रहेको थियो । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा आज सम्पन्न मतदानमा २१७  मतदातामध्ये  २१४ जनाले  मतदान गरेका थिए । 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार