गण्डकी प्रदेश सभाको बजेट अधिवेशन शुरु

पहिलो दिनको बैठकमा दलहरुबीच घोचपेच
आइतबार, जेठ १६, २०७८

गण्डकी । गण्डकी प्रदेश सभाको आठौंँ अधिवेशन (बजेट अधिवेशन)  आजदेखि शुरु भएको छ । अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सदस्यले समसामयिक राजनीति, केन्द्र सरकारले घोषणा गरेको बजेटलगायतमा आआफ्ना धारणा राखे । जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिका लागि भएका सबै किसिमका आन्दोलनका जगमा प्राप्त उपलब्धिलाई जोगाउनुपर्ने आवश्यकतामा जोड दिए ।  राष्ट्रिय जनमोर्चाका पियारी थापाले राजनीतिक विकृतिको महासंकटको भुमरीमा देश परेको  बताइन् ।  नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै संकट बढ्दै गएका अवस्थामा प्राप्त उपलब्धिको रक्षाका लागि आफूहरू एउटा कित्तामा उभिएको बताए । नेपाली काग्रेसका कृष्णचन्द्र नेपालीले दलहरू संवैधानिक र राजनीतिक दुवै मोर्चामा असंवैधानिक कदमका विरुद्ध लड्ने बताए ।     भौतिक पूर्वाधार तथा शहरी विकास तथा यातायात व्यवस्थामन्त्री रामशरण बस्नेतले राजनीतिक स्थिरताका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । प्रदेशसभाको अर्को बैठक भोलि बस्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  २१:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार