सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विपक्षी गठबन्धनले सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा संलग्न नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान बसेको बैठकले सरकारका अंगहरुलाई यस्तो आग्रह गरेका हुन् ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ।’
विपक्षी दलको गठबन्धनले नेपालको संविधान र लोकतन्त्रका पक्षमा एकताबद्धरुपमा सशक्त आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ता तथा जनसमुदायमा विपक्षी गठबन्धनले आह्वान गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले ‘संविधानविपरीत र अलोकतान्त्रिक काम कारवाहीमा सहयोगी नहुन’ राज्यका सबै अङ्ग र निकायलाई आग्रह गरेको छ ।
बैठकपछि संयुक्त विज्ञप्तिमार्फत गठबन्धनले प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरमा वैकल्पिक प्रधानमन्त्रीका रुपमा विधिवत् दावी प्रस्तुत गरिसकिएको जनाउँदै देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारवाही नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ । सङ्घीय संसद्मा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याइएकामा रोष प्रकट गर्दै विज्ञप्तिमा देश कोरोना महामारीबाट आक्रान्त भइरहेका अवस्थामा संविधानको अवहेलना र उल्लङ्घन गर्ने काम एकपछि अर्को गरी भइरहेको आरोप पनि लगाइएको छ । संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको मुलुकमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने विश्वास गठबन्धनले व्यक्त गरेको छ । संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।