सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औँ महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको बताएका छन् । काठमाडौँस्थित जिल्ला सम्पर्क समितिले शनिबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानतः पार्टी सङ्कटमा पर्न खोजेको जनाउँदै महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको उल्लेख गरे । ‘काँग्रेसलाई अहिले कोरोना सङ्क्रमणबाट जनता बचाउने, लामो सङ्घर्षबाट प्राप्त गरिएको संवैधानिक व्यवस्था बचाउने र सङ्कटमा पर्न लागेको पार्टी बचाउने मुख्य तीन जिम्मेवारी छ’ उनले भने । काँग्रेस नबचेसम्म प्रजातन्त्र र मुलुकको भविष्य बच्न नसक्ने उनको भनाई छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको गैरजिम्मेवारपनका कारण अक्सिजन अभावले कोरोना सङ्क्रमितको बिरामी मृत्यु हुनु दुःखद कुरा भएको बताए । ‘वर्तमान सरकारले विश्वासको मत लिन नसकेर राष्ट्रपतिले नयाँ सरकारको आह्वान गरेपछि काँग्रेस नयाँ सरकार निर्माणमा लागेको हो’ उनले भने । काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कोरोना महामारीको समयमा सरकारले जनताको अभिभावकत्व ग्रहण गर्न नसकेको बताइन् । सांसद अमरेशकुमार सिंहले संविधानको रक्षा गर्ने प्रमुख जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए । काँग्रेस बर्दियाका सभापति सञ्जय गौतमले नेतृत्वमा इच्छाशक्ति भए समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्न सकिने उल्लेख गरे । काँग्रेस ताप्लेजुङका सभापति लिला बोखिम, इलामका सभापति हिमालय कर्माचार्य, नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीलगायतले समयभित्र पार्टीको महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।
कांग्रेसले सार्वजनिक ग¥यो थप क्रियाशील सदस्यताको विवरण नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ । कांग्रेसले विधानको प्र्रक्रियानुसार विवादरहित रूपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’ गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवरण आज पार्टीको वेबसाइट मार्फत सार्वजनिक गरिएको हो । यसअघि गत वैशाखमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण मात्रको प्रस्तावित विवरण सार्वजनिक गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले यही जेठ २२ गतेभित्र लिखित उजूरी गुनासो पठाउन सक्ने उनले बताए । सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजूरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुने समितिले जनाएको छ । साथै कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यतासम्बन्धी प्रक्रिया पु¥याई सफ्टवेयरमा नामावली इन्ट्री गर्दागर्दै इन्ट्री गर्न छुट भएकाले थप समय उपलब्ध गराइपाऊँ भनी समितिमा अनुरोध गर्ने केही जिल्ला र क्षेत्रीय समितिलाई यही जेठ २५ गतेसम्मको थप समय दिइएको छ ।