शान्ति समाजको रक्तदानमा ३४ पिन्ट रगत संकलन 

आइतबार, जेठ १६, २०७८

काठमाडौँ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना महामारीका कारण जारी निषेधाज्ञामा रगतको अभाव हुन नदिन जोरपाटीमा रक्तदान कार्यक्रम गरिएको छ ।  गणतन्त्र स्थापनाको १४ औँ दिवसका अवसरमा  मानव अधिकार तथा शान्ति समाज र नयाँ बस्ती युवा क्लबद्वारा संयुक्त रूपमा  आयोजित कार्यक्रमको  समाजका सल्लाहकार उत्तम पुडासैनीले संयोजन गरेका हुन् । कार्यक्रममा  ३४ जना ले रक्तदान गरेका थिए । 

अक्सिजन कन्सन्ट्रेटर सहयोग 
समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नंं १ स्थित स्वास्थ्य समिति भोटेचौरलाई  एक लाख रुपैयाँ मूल्यको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । समाजका महासचिव रामकृष्ण बरालले वडा अध्यक्ष कृष्णप्रसाद चौलागाईसहित स्वास्थ समितिका कर्मचारीलाई यही जेठ १२ गते उपकरण हस्तान्तरण गरेका हुन् । अक्सिजन कन्सन्ट्रेटर समाजका सल्लाहकार  चौँलागाई समेतको सौजन्यमा प्राप्त भएको थियो ।  समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १ बसोबास गर्ने एउटा हात गुमाएकी बालिका आशिना चौलागाईको शिक्षाका लागि अक्षयकोष स्थापनार्थ एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । यही जेठ १२ गते समाजका महासचिव बरालले सो प्रयोजनका लागि सूर्यमुखी वहुउद्देश्य सहकारीका अध्यक्ष मित्रलाल चौलागाई र वडा नं १ का अध्यक्षको उपस्थितिमा समाजका तर्फबाट ३५ हजार नगद हस्तान्तरण गर्नुभएको थियो । बाँकी ६५ हजार रुप्ैयाँ थप गरी सो अक्षयकोषमा रु एक लाख पु¥याइने छ । 

खाद्य सामग्री
गणतन्त्र दिवसको अवसरमा समाजको रूपन्देही शाखाले सैनामैना नगरपालिका वडा नं ८ स्थित शान्तिटोल र भड्छाका टोलका कोभिड प्रभावित विपन्न ६० दलित परिवारका बालबालिका एवं जेष्ठ नागरिकलाई रु ७८ हजारको खाद्य सामग्री सहयोग प्रदान गरेको छ । आज  बिहान समाजका सभापति गोविन्द खनाल, अधिकारकर्र्मी लालहरि पाण्डे, हरिश ढकाल, आजीवन सदस्य बिमलराज भट्टराईसहित पदाधिकारीले चामल, आँटा, अण्डा, चनासहितको खाद्य सामग्री हस्तान्तरण गरे ।  यसै अवसरमा समाजको दाङ शाखाले वैशाख महिनामा कारभित्र मृत अवस्थामा फेला परेका तीन जना बालकको परिवारलार्ई खाद्य सामग्री सहयोग गरेको छ । आज बिहान समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली र दाङ शाखा सभापति तुलसीराम सुनारले पीडित विपन्न दलित परिवारलाई सहयोग हस्तान्तरण गरेका छन् ।  यसैगरी गणतन्त्र दिवसका अवसरमा आज समाजको चितवन शाखाले देवघाटमा रहेको बृद्धाश्रममा फलफूल तथा स्वास्थ सामग्री वितरण गरेको छ । दिवसकै अवसरमा शान्ति समाजको सुर्खेत, कपिलवस्तु लगायतशाखाले भर्चुअल कार्यक्रम गरेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार