सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली । सरकारले आगामी आव०७८÷०७९ मा सुर्खेत मेडिकल कलेज स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज गरेको बजेट भाषणमा सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने कुरा सरकारले बजेटमै ल्याउनु अत्यन्तै सकरात्मक भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले बताए । कर्णाली प्रदेशका नागरिक अगुवा पीताम्बर ढकालले बजेटमा आउनु सकरात्मक रहेको तर कार्यान्वयन तहमा ढुक्क भएर बस्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्। उनले भने, “अहिले एक डेढ वर्ष अघिदेखि मेडिकल कलेज स्थापनाका लागि भनेर वीरेन्द्रनगर सुर्खेतको कालिञ्चोकमा कार्यालय छ । कर्मचारी बसेका छन् तर जग्गाको पहल गरिएको छैन । सरकारले आज गरेको बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि प्रदेश नं २ को बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जनाइएको छ ।