राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
मनोरञ्जन
बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मी प्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक ( भिडियो सहित)
बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मी प्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक ( भिडियो सहित)
शब्दपाटी
शुक्रबार, जेठ १८, २०८१
शुक्रबार, जेठ १८, २०८१
तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु
परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु ....
यी हरफहरु लक्ष्मी प्रसाद मिश्रले लेखेका ‘चारु’ का हरफहरु हुन्, यो ‘चारु’ बबिना भट्टराईको स्वर तथा संगीतमा रेकर्ड भई पोखरामा सम्पन्न नेपाल भारत साहित्य महोत्सव र इमेज एफ.एम. ९७. ९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मार्फत सार्वजानिक छ । चारुका लेखक मिश्रले यो चारुलाई नेपालको सांगितिक इतिहासमा पहिलो रेकर्डेड ‘चारु’ भएको दावि गरेका छन् । उनी भन्छन् ‘नेपालमा स्वतन्त्र गजल त धेरै रेकर्ड भए तर स्वतन्त्र गजललाई चारु नामाकरण गरिए पछि औपचारिक रुपमा बबिना भट्टराईको स्वर र संगीतमा म्युजिक नेपालको स्टुडियोमा २०८० फागुन ०८ गते मंगलबार रेकर्ड भएको यो ‘चारु’ नै संगीतवद्ध र स्वरवद्ध भएर रेकर्ड भएको पहिलो हो ।’ यहि दाविका साथ नेपाल भारत साहित्य महोत्सवमा उनको यो ‘चारु’ सार्वजानिक भइरहदा धेरैले उत्सुकता जनाएका थिए । उनको यो दावीलाई चरु विधामा विद्यावारिधि गरेका तथा चारुका प्रवर्तक समेत रहेका डा. देवि पन्थीले पुष्टि गरेका छन् । इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मा प्रस्तोता हरिराम पौडेल संगको अन्तर्वार्तामा उनले भनेका छन् ‘लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्दमा बबिना भट्टराईको स्वर र संगीतमा रेकर्ड भएको ‘चारु’ नै पहिलो रेकर्ड भएको चारु हो ।’
गजल र ‘चारु’ मा भिन्नता के हो ?
गजल र चारु विधामा विद्यावारिधि गरेका डा. देवी पन्थी भन्छन् ‘गजल भनेको बहरमा हुन्छ । यो सातौं शताब्दीदेखि अहिलेको सय वर्षसम्म बहरमा देखियो । मोतीराम भट्टले १९४२ सालमा गजल बनारसबाट यहाँ ल्याउँदा बहरमै ल्याए । त्यसपछि शम्भुप्रसाद ढुंगेल, भीमनिधि तिवारी आदिले बहरमै लेखे । वि.स. १९८० सालपछि यो गजल चाहिँ अश्लील ढंगबाट पनि आयो । बहरको बाटो छोडेर आयो । वर्तमान २०८० सालसम्म आउँदा थुप्रै गैर बहरका गजलहरू पुस्तकका रूपमा निस्किए । धेरैलाई गजल अलि जटिल भएकाले सजिलो बाटो खोजेर बिना बहरका गजलहरू लेखे । तिनलाई अन्तर्राष्ट्रिय स्तरको मानिँदैन । त्यसकारण यसलाई नेपाल प्रज्ञा प्रतिष्ठान सँग पनि कुरा राख्यौं । २०७६ भदौ १५ र १६ गते पहिलो राष्ट्रिय गजल गोष्ठी भयो । त्यहाँ अब उपरान्त बहरमै गजल लेख्ने निर्णय भयो । बहरबाहेकका गजललाई भिन्न नाम दिइनेछ भनेअनुसार हामीले गजलको विकल्पमा ‘चारु’ ल्याएका हौं । ‘चारु’ नितान्त नेपाली व्याकरणअनुसार नेपाली शब्दहरू प्रयोग गरेर हाम्रा विभिन्न जातजातिको लोकलय र भाकाहरूमा हामी छन्दमा लेख्छौं । बहर चाहिँ हाम्रो लोकलय छन्दभन्दा फरक हो । अहिलेसम्म नेपाली साहित्यमा लेखिएका विधिवत गजलहरूको संग्रहको संरक्षण र सम्मान गर्न हामीले यो ‘चारु’ अगाडि ल्याएका हौं । अर्को महत्वपूर्ण कुरा के हो भने गजलमा नारीलाई विषय बनाएर प्रणयका कुरा लेखिन्छन्।् । त्यतिबेला गजलको जन्म हुँदा नारीहरू पुरुषको अधिनत्वमा थिए । उनीहरूलाई पढ्ने, लेख्ने र बोल्ने अधिकार थिएन । त्यसकारण पुरुषले नारीलाई मनोरञ्जनको साधनको रूपमा त्यसरी प्रयोग गरे भने अहिलेका नारीहरू पुरुषसमान छन्।्, पुरुषसमान नारीहरूले पुरुषको बारेमा राम्रा नराम्रा कुराहरू व्याख्या गर्न सक्नेछन्, सक्छन् भन्ने उद्देश्य राखेर नारीमैत्री विधाको रूपमा ‘चारु’ लाई अगाडि ल्याइएको छ ।’
डा. पन्थी थप्छन् ‘बहरबिनाको गजल गजल हुनै सक्तैन । यसलाई फारसीहरूले अरू शास्त्रमा ढालेर बहरलाई अनिवार्य गरेर यसलाई ल्याए । बहर बिना गजल नहुनुको कारण के भने गजल लेखिँदैन, गजल कहिन्छ, गाइन्छ त्यसैले लेख्ने विषय होइन । गजलको सम्बन्ध सिधै संगीतसँग छ । जबसम्म हामीले सूत्रमा लेख्दैनौं, बहरमा लेख्दैनौं, तबसम्म संगीतको झंकार, धून र लयसँग यो म्याच खाँदैन । त्यसैले बिनाबहर गजल लेख्नु भनेको बालुवामा ढुंगा हान्नु बराबर हुन्छ । अहिले नेपालमा लेखिएका सिर्जना सयमा ९०‘चारु’ हुन् भने १० गजल ।’
साहित्यका विभिन्न विधा हुदै पछिल्लो समय ‘चारु’ लेख्ने गरेका लक्ष्मी प्रसाद मिश्र स्वतन्त्र गजलको अर्को रुप या नयाँ नामकरण ‘चारु’ भएको बताउँछन् । आफ्ना शब्दहरुलाई छोटो समयमा संगीतको धुन र सुमधुर स्वर भरेकीमा आँफू गायिका तथा संगीतकार बबिना भट्टराई प्रति कृतज्ञ रहेको उनले बताएका छन् ।
मिश्रको यो ‘चारु’ मा वियोगको भाव पाइन्छ । ‘जीवनमा कोहि नहुदैमा केहि फरक नपर्ने’ भाव उनको चारुमा रहेको छ । जिन्दगीको साथी भन्नु नै आँसु र पिडालाई मान्ने उनी आँसु पिएरै जिन्दगी जिउन सक्ने आँट राख्छन् । पिरतीको सुर्के डोरी एक्लै बाट्न सक्ने दावी पनि उनले गरेका छन्, पिरती दोहोरो हुनु पर्छ भन्ने सामान्य शिद्धान्त भन्दा बाहिर गएर एकोहोरो पिरतीमा तड्पेर उनकै याद कल्पेर एक्लै जिउन सक्ने आट पनि उनी देखाउँछन् । यता उता कतै पनि आफ्नो जाने नाता नभएको, उनी संगको नाता नै एक मात्र र अन्तिम भएको, उनको साथ विनाको जीवन गोधुलीको घाम जस्तै कुन बेला सकिन्छ, अस्ताउँछ पत्तो नभएको, उनले यति धेरै विरही बनाए पनि, साथ छोडे पनि, नाता तोडे पनि, उनको विरहमा, उनी संगको विछोडमा उनैलाई कल्पि कल्पि बाँच्न परेतापनि आफ्नो मनमा उनी प्रति गहिरो मायाको भाव रहेको उनको ‘चारु’ ले बोलेको छ । ‘माया छैन’ भनेर उनलाई ढाट्न नसक्ने विवशतामाा उनी बाँचेका छन् ।
नेपालको संगीत इतिहासमा पहिलो ‘चारु’ आफ्नो स्वर तथा संगीतमा रेकर्ड गर्न पाउनुलाई अवसरको रुपमा लिएकी गायिका तथा संगीतकार बबिना भट्टराई २ दिनको छोटो समयमा तयार गरिएको ‘चारु’ गाउँदा आँफूले फरक अनुभूति संगालेको बताउँछिन् । अलि समय लिएर संगीत गर्न तथा गाउन पाएको भए अझ राम्रो हुन्थ्यो कि ? भन्ने भाव उनको मनमा रहिरहेको छ ।
कवि तथा गीतकार उत्तम विचार लक्ष्मी प्रसाद मिश्रको ‘चारु’ नेपालको संगीत इतिहासमा नै प्रथम ‘चारु’ भएकोमा खुसी व्यक्त गर्दै बबिना भट्टराईको स्वर र संगीतले ‘चारु’ लाई मीठास र कर्ण प्रिय बनाएको र भिडियो पनि उस्तै राम्रो आउनेमा विश्वस्त रहेको बताउँछन् । नेपाली संगीतको क्षेत्रमा चर्चा बटुल्दै गरेकी बबिनाको एक पछि अर्को सफल गीत, भजन तथा ‘चारु’ ले उनको सांगितिक भविष्य सुनौलो रहेको बताउदै उनी थप्छन् ‘मिश्रको चारुलाई बबिनाको स्वर र संगीतले न्याय गरेको छ, हतारमा तयार गरिएको भए पनि ‘चारु’ सुनिरहदा हतारको भाव कतै भेटिदैन, श्रोताहरुलाई सुनिरहुको भावमा अड्याउन ‘चारु’ सफल छ ।’
लक्ष्मी प्रसाद मिश्रको ‘चारु’ मा एरेन्ज बलराम समालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त चारुको भिडियोमा बबिना आफै फिचर्ड छिन् । जस्केलो क्रियशनद्धारा स्टुडियो भर्सनमा तयार गरिएको उक्त भिडियोमा विभिन्न बाद्यवादनमा रुपेश शाक्य, नरेश श्रेष्ठ, नोभा ठकुरी, संकल्प बर्माको भूमिका रहेको छ भने श्रृङ्गारमा यमुना पाण्डेको साथ रहेको छ ।
‘चारु’
तिम्ले छोडी जादा नि रङ्गमञ्चमा खट्न सक्छु
परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु ।
जिन्दगीको साथी भन्नु, पीडा अनि आँसु रै छ,
पिरतीको सुर्के डोरी एक्लै पनि बाट्न सक्छु ।
आकाश झैं टाढा भयौ अव भेट्ने आशा छैन
तिम्रो याद संगालेर बादल सरि फाट्न सक्छु ।
विरह र बेदनामा जति जल्नु जले पनि
तिमीलाई कल्पि कल्पि एक्लै ज्युन आट्न सक्छु ।
तिम्रो माया मेरो लागि गोधुलीको घाम रै छ
छैन माया तिम्लाई भनि न त मैले ढाट्न सक्छु....
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१
०८:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमायाको निधन
नंः २
ललितपुर महानगर २४ नं. वडाले राहत कोषमा जम्मा गर्यो ४ लाख ६६ हजार
नंः ३
बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी
नंः ४
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नंः ५
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई गोदावरीको बालमन्दिरमा राखिने
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै
शुक्रबार, भदौ २६, २०८३
सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
शुक्रबार, भदौ २६, २०८३
ग्यास अभाववरिुद्ध सिंहदरबारको दक्षणि गेटमा युवाको प्रदर्शन
बुधबार, भदौ २४, २०८३
१,३६७ शव फेला, ५,१०० अझै बेपत्ता
बुधबार, भदौ २४, २०८३
दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
बुधबार, भदौ २४, २०८३
थप समाचार
‘बेहुली’को ट्रेलर सार्वजनिक, आम्दानीको पाँच प्रतिशत बाढीपीडितलाई दिने घोषणा
शुक्रबार, जेठ १८, २०८१
बलिउडका चर्चित गायक शान भदौ ६ गते काठमाडौंमा गुञ्जिँदै
शुक्रबार, जेठ १८, २०८१
ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’
शुक्रबार, जेठ १८, २०८१
सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी
शुक्रबार, जेठ १८, २०८१
Subscribe Newsletter
×