ललितपुर महानगर–२३ मा हाल साविक श्रेस्ता पूर्जा वितरण (भिडियो)

शनिबार, जेठ १२, २०८१

धापाखेल (ललितपु) । ललितपुर महानगरपालिका २३ नं. वडा धापाखेलमा जग्गाको हालसाविक, पुनः नाप जाँच गरी तयार भएका श्रेस्ता पूर्जा वितरण गरिएको छ । हिजो शुक्रबार वडा कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच वडावासीलाई नयाँ पूर्जा वितरण गरिएको हो ।  नापी कार्यालय ललितपुर २ नं टोली सातदोबाटोले महानगरको २३ नं वडा कार्यालय धापाखेलमा हाल साविक, पुन नाप जाँच गरी तयार भएका श्रेस्ता पूर्जा वितरण गरेको हो । विभागिय आदेश प्राप्त भएपछि सम्बन्धित जग्गा धनीलाई नापी कार्यालयले वडाका जनप्रतिनिधिलाई रोहवरमा राखेर ती श्रेस्ता पूर्जा वितरण गरेको छ । जग्गा नाप जाँच ऐन २०१९ को दफा ८ बमोजिम श्रेस्ता पूर्जा तयार गरिएको नापी कार्यालय लगनखेल जानकारी दिएको छ ।

purja-1716632391.jpg
नापी कार्यालयले वडा कार्यालय भवनमा आयोजना गरेको जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रममा वडाअध्यक्ष जीवन महर्जनले वडावासीलाई पूर्जा हस्तान्तरण गर्नु भएको थियो । महानगरको वडा नं. २३ मा जग्गा हाल साविक तथा पुनः नापजाँच कार्यक्रम विसं.२०७७ साल फागुन १६ गतेबाट सुरु भएको थियो । हाल साविकले अहिले भएको फिल्डको यथास्थितिको नक्सा तयार गरी अद्यावधिक गर्ने नापी कार्यालय लगनखेलले जानकारी दिएको छ ।  पूर्जा वितरण कार्यक्रमका सभापति वडाअध्यक्ष जीवन महर्जनले हाल साविक सुरु भएदेखि आफ्नो वडामा  साँध सिमाना तथा बाटो मिचेको भन्ने विवाद नआएको बताउनुभयो । अहिले प्राप्त भएको पूर्जामा जग्गाको क्षेत्रफलसहित नाम लगायतका विषय सच्चाउन चार महिना समय नापी कार्यालयले दिएको जानकारी दिँदै वडाअध्यक्ष मजर्हनले भन्नुभयो, ‘नापी कार्यालयले तोकेको यो अवधिममा विवरणहरू सच्चाउनु होला ।’ कार्यक्रममा पूर्व वडाअध्यक्ष भुयुकाजी महर्जनले आफ्नो कार्यकालमा सुरु भएको हाल साविक कार्यक्रमले सबै वडावासीलाई सन्तुष्ठि बनाएको होला भन्ने अपेक्षा आफूले गरेको बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार