सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोभिड उपचार गराइरहेका विवेकशील पार्टीका नेता उज्वल थापाको परिवारले बिएण्डसी अस्पतालका संचालक दुर्गांको उपचार खर्च सहयोग नलिने बताएको छ । थापाको परिवारले प्रसाईंको सहयोगको सद्भावलाई धन्यवाद दिदैं आर्थिक सहयोग नलिने बताएको हो । मेडिसिटी अस्पतालमा ईसीएमओ प्रविधि मार्फत थापाको उपचार भइरहेको जानकारी गराउँदै उनको परिवारले प्रसाईंको सहयोग आवश्यक नपर्ने जानकारी दिएका हुन् । प्रसाईंले शनिवार बिहान विज्ञप्ति जारी गर्दै थापाको सम्पूर्ण उपचार खर्च आफूले बेहोर्ने बताएका थिए । थापाको परिवारले आफन्तजन, साथी तथा शुभेच्छुकहरुबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचार भइरहेको र भविष्यमा पनि त्यसै गर्ने बताएको छ । प्रसाईंको सद्भावलाई धन्यवाद दिदैं सहयोग आवश्ययक नपर्ने जनाएका छन् परिवारका अनुसार गो फण्डमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा खोलिएको खातामा करीब २६, ५०,००० रकम जम्म भइसकेको छ ।