सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निजी अस्पतालहरुको छाता संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)ले भेरी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माथि भएको कुटपिट र भौतिक संरचनामा क्षति पु¥्याएको घटनाको भत्र्सना गरेको छ । शनिवार विज्ञप्ति जारी गर्दै अफिनले पीडित स्वास्थ्यकर्मीहरुको मागप्रति ऐक्यबद्धता जाहेर गरेको छ । महामारीबाट मुलुक आक्रान्त भइरहेको बेला आफ्नो सुरक्षालाई जोखिममा राखेर बिरामीको सेवामा अहोरात्र खटिएका स्वाथ्यकर्मीको मनोबल गिराउनेहरुलाई जेल सजायको नीति अबलम्बन गर्न समेत अफिनले माग गरेको छ । अफिनले विज्ञप्तिमा भनेको छ, ‘अफिन स्वास्थ्य क्षेत्रमा कार्यरतहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
मुलुक कोभिड संक्रमणबाट आक्रान्त भएको बेला सिमित श्रोतसाधनका बाबजुद अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि हिंसात्मक रुपमा उत्रनु विधिको शासनको उपहास भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ , ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्यकर्मी र व्यवस्थापनलाई नै त्राहिमाम बनाउने गरी पटक पटक यस प्रकारको आक्रमण हुनु अक्षम्य अपराध हो । ’