जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो 

शुक्रबार, जेठ १४, २०७८

हङकङ । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको हो ।    एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकले उच्च सतर्कता अपनाएका छन् । यद्यपि केही देशले यसको रोकथाम गर्न प्रतिबन्धलाई बिस्तार गरेका छन् ।
सङ्बटकाल बिस्तार गरिएका जापानी नौ प्रान्त टोकियो, ओसाका, होक्काइदो, आईची, क्योटो, ह्योगो, ओकायामा, हिरोशिमा र फुकुओका हुन् । सङ्कटकाल अवधि सोमबार समाप्त हुँदै थियो ।  जापानकै ओकिनावा प्रान्तमा यस पहिले नै जून २० सम्मका लागि कोभिड–१९ नियन्त्रणका लागि प्रतिबन्धका उपायलाई बिस्तार गरिएको थियो । कोभिड–१९ नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धले रेस्टुरेन्टलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवा प्रदान गर्न रोक लगाएको छ । स्वास्थ्य सावधानीका लागि विद्यालय बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सममेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमलाई पालना गर्नुपर्ने बताइएको छ ।– सिन्ह्वा 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  २२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार