सोसल मिडिया
Contact Us
युनिकोड
मस्को । प्रमुख चार प्रभावशाली मुलुकका नेताबीच अनलाइन सम्मेलन हुने भएको छ । सम्मेलनमा जर्मनीकी चान्सलर एंगेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी हुने बताइएको छ । दक्षिण कोरियाले आयोजना गर्न लागेको सम्मेलन वातावरणका विषयमा केन्द्रीत हुने अधिकारीले जनाएका छन् । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अधिकारीले कोरोना महामारीका कारण सम्मेलन अनलाइनमार्फत गर्नुपरेको शुक्रबार जानकारी दिएका छन् । हरित वृद्धि र विश्व लक्ष्यका लागि सहभागीता (पि फोर जी) सोल सम्मेलनको सञ्चालन दक्षिण कोरियाका राष्ट्रपति मुनले गर्ने कार्यक्रम तालिका बनाइएको छ । सम्मेलन यही आइतबार र सोमबार हुने तय भएको छ । सम्मेलनमा चार देशका कार्यकारी प्रमुखसँगै ६० जनाभन्दा बढी नेता र उच्च तहका सरकारी अधिकारी पनि सहभागी हुने जनाइएको छ । ती मध्ये केही अन्तरराष्ट्रिय सङ्घसंस्था तथा निकायका अधिकारीहरु पनि रहने छन् । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङ भने सहभागी नहुनुहुने भएको अधिकारीले बताएका छन् । वासिङ्टन र बेइजिङ्को तर्फबाट भने राष्ट्रपतिका जलवायु तथा वातावरणसम्वन्धी प्रतिनिधि सहभागी हुनुहुने तय भएको छ । हरित वृद्धि र विश्व लक्ष्यका लागि सहभागीता (पि फोर जी) विश्वभरी वातावरण तथा अर्थमैत्री दिगो वृद्धिका लागि सहयोग गर्ने उद्देश्यले बनाइएको अन्तरराष्ट्रिय मञ्च हो । यसको पहिलो सम्मेलन गत सन् २०१८ मा डेनमार्कमा भएको थियो । – एएनआई