स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर : कांग्रेस

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं । नेपाली कांग्रेसले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गरेको छ । नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले शुक्रबार  विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समूहलाई कानुनी दायरमा ल्याइ कारबाही गर्न माग गरेका हुन् । उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले डाक्टर र नर्सहरुमाथि आक्रमण गर्न खोज्दा ज्यान जोगाउन अस्पताल भवनबाट हामफालेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको काम समेत प्रभावित भई बिरामीको उपचारमा गम्भीर असर परेको भन्दै कांग्रेसले घटनालाई गम्भीरता पूर्वक लिन माग गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार