सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणप्रति दुःख व्यक्त गरेकी छन् । शुक्रबार अपराह्न ट्वीटरमा उनले दुःख परेका बेला भावनात्मक उत्तेजना हुनसक्ने तर्फ संकेत गर्दै विषम परिस्थितिमा संयम र धैर्य अपनाउन भनेकी छन् ।
‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक छ । दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो’, उनले ट्वीटरमार्फत भनेकी छन् ।