स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न देउवाको माग 

शुक्रबार, जेठ १४, २०७८

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत कोभिड–१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेका हुन् ।  यसैगरी विवेकशील साझा पार्टीले पनि विज्ञप्तिमार्फत अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर गरिएको आक्रमणको भत्र्सना गरेको छ ।   विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमले आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानूनी  कारबाहीको दायरामा ल्याउनसरकारसँग आग्रह गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार