प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । संवोधनका विषयवस्तु तय गर्न अहिले मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवटारमा बसिरहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ । अर्थ मन्त्रालयले बजेट तयार पारिरहेको छ । 
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार