सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् । प्रधानन्यायाधीश राणाको एकल इजलासले बिहीबार १९ रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । उक्त आदेशसँगै सो विवादका ३० वटै रिट निवेदनमाथि आज सुनुवाइ हुनेछ ।