सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरु संवैधानिक इजलासमा सुनुवाइ गर्ने प्रक्रिया आजदेखि सुरु हुँदै छ । रिटमाथिको सुनुवाइका लागि शुक्रबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास गठन हुँदैछ । संवैधानिक इजलासमा बस्ने न्यायाधीशको छनोट गरेपछि शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी गरिएको छ । सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनविरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वाेच्च अदालतले गरेको थियो । संवैधानिक इजलासमा रहने न्यायाधीशको छनोट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गर्नेछन् । यसअघि गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभाविरुद्धको रिटमा संवैधानिक इजलासमा न्यायाधीश छनोट गर्दा कनिष्ठलाई राखेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको आलोचना भएको थियो । आलोचना भएपछि विघटन गरिएको संसद्लाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।