खाँटी एमाले देउवाको पक्षमा भनेको सुन्दा लज्जा भो : शंकर पोखरेल

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एककाका विषयलाई लिएर सार्वजनिक रुपमा आएका टिप्पणीप्रति व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जालमा शुक्रबार बिहान ट्वीट गर्दै मुख्यमन्त्री एवम् एमाले स्थायी समिति सदस्य पोखरेलले लेखेको छन्, ‘खाँटी एमाले देउवाको पक्षमा, भनेको सुनदा आफैलाई लज्जाबोध हुने ।’

उनको यो ट्वीट एमालेलाई यो रुपमा ल्याउनका लागि पार्टी साधारण सदस्यबाट निष्काशन गरिएका माधवकुमार नेपाल तथा झलनाथ खनालसहितका नेताको योगदानलाई नजर अन्दाज गरिएको भन्दै आएका टिप्पणीप्रति लक्षित छ । एमालेका शुभेच्छुक तथा कार्यकर्ताले झलनाथ–माधमसहितका नेतामाथिको कारवाहीले सिङ्गो एमालेलाई धम्का पुग्ने भन्दै प्रतिक्रिया जनाइरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ०९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार