सम्पत्ती कर–व्यावसाय कर बुझाएका धापाखेलवासीलाई वडाले दियो डष्टविन (भिडियाे)

बिहीबार, वैशाख २७, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयले सम्पत्ती (घर) कर तथा व्यावसाय कर तिरेका वडावासीलाई डष्टविन उपलव्ध गराएको छ । चालु आर्थिक वर्षको कर तिरेका वडावासीलाई वडा कार्यालयले डष्टविन उपलब्ध गराएको हो । घर–व्यावसायबाट निस्कने फोहोरको उचित व्यवस्थापनमा सहज होस् भन्नाका लागि वडा कार्यालयले कर तिरेका वडावासीलाई आज डष्टविन उपलब्ध गराइएको वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनभयो ।

Dinu-2-1715265050.jpg
चालु आर्थिक वर्षकाे कर तिरेका वडावासीले वडाले आजदेखि सुरु गरेको डष्टविन वितरण कार्यक्रमबाट लाभ लिन सक्नेछन् । डष्टविनका लागि वडा कार्यालय आइ नाम टिपाएका वडावासीलाई क्रमैसँग उपलव्ध गराउने नीति वडाले लिएको छ । सम्पत्ती तथा व्यावसाय कर तिरेका आफूहरूलाई फोहोर व्यवस्थापनका लागि डष्टविन उपलव्ध गराउने वडा कार्यालयको निर्णयलाई वडावासीले धन्यवाद दिएका छन् । उनीहरूले फोहोरमैला व्यवस्थापनका लागि महानगरपालिको गाडी नै उपलव्ध गराउन माग पनि गरेका छन् ।  डष्टविन वितरण कार्यक्रममा वडाअध्यक्ष दिनेशजंग पाण्डे, वडासदस्य इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण महर्जन तथा वडासचिव जनार्दन पौडेल खटिनु भएको थियो । यसैबीच वडा कार्यालयले वडावासीलाई बिरामी हुँदा एम्बुलेन्स खर्च पनि उपलव्ध गराउने निर्णय गरेको छ । वडाअध्यक्ष दिनेशजंग पाण्डेका अनुसार ललितपुरका अस्पताल भर्ना भएका बिरामीलाई एक हजार, काठमाडौंका अस्पतालमा भर्ना भएका बिरामीलाई पन्ध्र सय तथा भक्तपुरका अस्पतालमा भर्ना भएका बिरामीलाई दुई हजार रुपैयाँ एम्बुलेन्स खर्च(गाडी भाडा) उपलब्ध गराउने निर्णय भएको छ । यो सेवा लिनका लागि अस्पताल भर्ना भएको पूर्जी अनिवार्य गरिएको छ । 

Dust-Bin--1715265055.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार