गोदावरीका नगर प्रमुख खेलकुद मन्त्रालयको विषयगत समितिमा 

बिहीबार, वैशाख २७, २०८१

ललितपुर । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयको विषयगत समितिको सदस्यमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई मनोनय गरेको छ । वैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार नगर प्रमुखलाई विषयगत समितिको सदस्यमा मनोनयन गरेको हो । युवा तथा खेलकुदको क्षेत्रमा मार्गदर्शन नीति, योजना , कार्यक्रम कार्यान्वयन र विका निर्माण लगायतको कामलाई प्रभावकारी बनाउन बनाउनका लागि संघ, प्रदेश र स्थानीय तह सम्बन्धी ऐन २०७७ को दफा २२ बजोजिम बमोजिमको विषयगत समिति रहने व्यवस्था व्यवस्था छ  । नगरप्रमुख गजेन्द्र महर्जनले आफूलाई  समितिको सदस्य पदमा मनोनयन गरेकोमा युवा तथा खेलकुद मन्त्री लाई धन्यवाद दिए । नगर प्रमुख महर्जनले भने, ‘ उहाँलाई विशेष धन्यवाद, खेलकुद क्षेत्रमा थप उर्जाशील भएर काम गर्न प्रेरणा मिलेको छ । ’ गोदावरी नगरले खेलाडी उत्पादन र खेलाडीलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । वडा नं नं १०मा खेल मैदान निर्माण गरि उपत्यकाव्यापी अन्तर पालिका फुटबल प्रतियोगिता समेत पालिकाकाले संचालन गरेको छ । 

Go-ga-1715220602.jpg
Go-ga-1715220602.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार