आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बुधबार, वैशाख २६, २०८१

काठमाडौं । बुधबार पनि काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव परेको छ ।  आज बिहानैबाट देशभर आंशिक देखि साधारणतया बदली रही गण्डकी प्रदेशको थोरै तथा बागमती र सुदूरपश्चिम प्रदेशको एक–दूई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ ।  बुधबार दिउँसो देशको पहाडी भु–भागको केही स्थानसँगै तराईमा पनि  मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागले उल्लेख गरेको छ । आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग=हावाहुरी सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार