राष्ट्रिय सुरक्षा नीतिबारे रक्षा मन्त्रालयसँग राष्ट्रिय सरोकार समितिले माग्यो जवाफ

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले रक्षा मन्त्रालयसँग राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशाबारे जवाफ माग गरेको छ ।  मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले रक्षामन्त्री हरि प्रसाद उप्रेतीसँग रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्याका बारेमा समेत वजाफ माग गरेको हो । 
बैठकका रक्षामन्त्री उप्रेतीले रक्षा मन्त्रालयले सार्वभौमिकता, अखण्डता, स्वाधिनता, सामाजिक एकता तथा महत्वपूर्ण एवं संवेदनशील विषयसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने उत्तरदायित्व रक्षा मन्त्रालयकै भएको बताए ।  नेपालका विभिन्न कालखण्डमा रक्षा मन्त्रालय अन्तर्गतका सुरक्षा निकायहरुले नेपाल एकिकरणदेखि सीमा रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले अहिले आफूहरु बाहिरि आक्रमणको भूमरिमा परेको बताए ।  मुलुकलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउन चाहदा अन्य मुलुकलाई चोट पुग्ने गरेको बताए । 


उनले भने, ‘मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने उत्तरदायित्व रक्षा मन्त्रालयको हो । नेपाल एकिकरणदेखि लिएर सीमा रक्षासम्म पनि नेपाली सेनाको योगदान उल्लेखनीय रहेको छ ।  मुलुकलाई आत्मनिर्भर बनाउन हेटौडा कपडा कारखानालाई सुरक्षा निकायको पोसाककै लागि सुरु गरौं भन्दा पनि अरु मुलुकलाई चोट पुग्दो रहेछ । किनभने हामी आत्मनिर्भर हुँदाखेरि त उताबाट समान आउन पाएन । त्यहाँका व्यापारीले नाफा खान नपाउँदा चिढिन्छन ।’  नेपाल आत्मनिर्भर नहोस भनेर बाह्य शक्तिहरुले आक्रमण गरिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सबै पक्षले सोच्न आवश्यक रहेको बताए । 
उनले भने, ‘बाहिरको आक्रमणले घेरिरहेको अवस्थामा हामी माथि किन कारबाही भइरहेको छ भन्ने बारेमा लेख्न पत्रकार साथीहरुलाई आग्रह गर्न चाहन्छु । हामीलाई संधै माग्ने बनाउने चाहना किन राखिन्छ ? हामी आत्मभिनर्भर नहोस भन्ने अभिव्यक्ति किन आइरहेको छ योबारे सबै पक्ष सोच्न अनवश्यक छ । यस्तै नकरात्मक अर्थ व्यवस्था रहेको बेलामा श्रीलंकाले पर्यटन क्षेत्रबाट मात्र चार महिनामा ७० करोड आर्जन गर्यो । हामी परिणाम देख्नेगरि काम गर्नु आवश्यक छ ।’

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार