आर्यघाटमा मृतकका आफन्त विक्षिप्त, शुभेच्छुक भावविह्वल

मंगलबार, भदौ ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आज(मंगलबार) राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ज्यान गुमाएका सहिदमध्ये चार जनाको आज पशुपतिमा अन्त्येष्टि गरिएको हो । सो क्रममा पशुपति आर्यघाटमा मृतकका परिवारहरुको रुवाबासी चलेको थियो । आफन्त गुमाएकाहरु ठूलो संख्यामा आर्यघाटमा भेला भएका थिए । शव जलिरहँदा रुवाबासी चल्दा सन्नाटा छाएको हो । शवयात्रामा सरिक भएर आर्यघाट पुगेकाहरु भावविह्वल बनेका थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेन–जी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र मृतक परिवारलाई खर्चसमेत गरी १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस्तै सरकारले असोज १ गते राष्ट्रिय शोक दिवसको घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ । 

Photo-(41)-1758026939.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार