जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सामूहिक शवयात्रा 

मंगलबार, भदौ ३१, २०८२

काठमाडौं । भदौ २३–२४ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनका क्रममा मारिएकाहरूको आज सामूहिक शवयात्रा निकालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट शवयात्रा निकालिएको हो । उनीहरूको बलिदानको सम्मान गर्दै पशुपति आर्याघाटतर्फ शव यात्रा गरी अन्त्येष्टिका लागि लगिएको हो । शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराइने तयारी छ । साथै, काठमाडौं बाहिरको शवका लागि आर्मीको हेलिकप्टरमार्फत गाउँसम्म पुर्याउने व्यवस्था मिलाइएको छ । आन्दोलनका क्रममा घाइते भई टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकालिएको हो । १० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी चारजनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार