गोदावरी मेयर कपको सेमिफाइनलका दुबै खेल आज 

काठमाडौं र मध्यपुर तथा चन्द्रागिरि र महालक्ष्मी भिड्ने
मंगलबार, वैशाख २५, २०८१

ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका दुवै खेल मंगलबार हुँदैछ ।  गोदावरी नगरपालिकाको वडा नं.१० स्थित बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा हुने पहिलो सेमिफाइनलमा काठमाडौँ महानगर र मध्यपुर थिमीबीच प्रतिस्पर्धा हुनेछ । खेल मंगलवार दिउँसो साढे १२ बजे शुरु हुनेछ । गोदावरी नगरपालिकाको बी टिमलाई हराउँदै काठमाडौँ महानगर सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले पाखा लगाउँदै मध्यपुर थिमिले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

Go-khel-1715053783.jpg
यसैगरी मंगलवार दिउँसो साढे ३ बजे चन्द्रागिरि नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच दोस्रो सेमिफाइनल हुनेछ । दक्षिणकाली नगरपालिकालाई २–० ले हराउँदै महालक्ष्मी नगरपालिकाले अन्तिम ४ मा स्थान बनाएको हो । चन्द्रागिरि नगरपालिकाले नागार्जुन नगरपालिकालाई ४–० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश पाएको हो । उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाउनेछन् । अनुशासित टिमलाई ५० हजार नगद तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनल र फाइनलमा पराजित हुने टिमका एकजना उत्कृष्ट खेलाडीलाई उदीयमान खेलाडीको ट्रफी प्रदान गरिनेछ ।

Go-khell-1715053782.jpg
 

सर्वाधिक गोलकर्ताको सूचीमा कीर्तिपुरका यमन अगाडि, नागार्जुनका ३ जना होडमा
प्रतियोगितामा अहिलेसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा कीर्तिपुरका यमन महर्जन शीर्ष स्थानमा छन् । क्वार्टर फाइनलसम्मको खेल सकिँदा ६ गोल गरेका यमन नै अग्र पंक्तिमा छन्।
तारकेश्वर नगरपालिकाविरुद्ध ह्याट्रिक गरेका उनले क्वार्टरफाइनलमा मध्यपुर थिमी नगरपालिकाविरुद्ध पनि ह्याट्रिक नै गरे। टोली सेमिफाइनलसम्म पुग्न नसके पनि उनी जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।  कीर्तिपुरका यमनपछि ४-४ गोल गर्ने ३ जना खेलाडी रहेका छन् । मध्यपुर थिमीका रोहन खड्गी, चन्द्रागिरिका अविरल रिजाल र समिर कार्कीले ४÷४ गोल गरिसकेका छन् ।  दुवै टीम सेमिफाइनलमा पुगेकाले उनीहरुको सर्वाधिक गोलकर्ता हुनसक्ने संभावना रहेको छ। मध्यपुर थिमीका रोहनले टोखाविरुद्ध ३ तथा कीर्तिपुरविरुद्ध १ गोल गरेका थिए ।

May be an image of one or more people, crowd and grassचन्द्रागिरिका अविरलले बागमती गाउँपालिकाविरुद्धको पहिलो खेलमै ४ गोल गरेका थिए । चन्द्रागिरिका समिर कार्कीले बागमती गाउँपालिकाविरुद्ध ३ तथा नागार्जुनविरुद्ध १ गोल गरेका थिए । चन्द्रागिरिका आयुषमान श्रेष्ठले पनि ३ गोल गरिसकेका छन् । उनले बागमतीविरुद्ध १ गोल तथा नागार्जुनविरुद्ध २ गोल गरे । गोदावरी नगरपालिका बी का राजन महर्जन र ललितपपुर महानगरपालिकाका निरोज मर्हजनले २-२ गोल गर्दा मध्यपुरका यमन राजवाहक र दीपक बासान, कीर्तिपुरका इन्द्रबहादुर बस्नेत र काठमाडौँका राज पौडेलले पनि २-२ गोल गरेका छन् । प्रतियोगितामा गोदावरी बी का अनिल लामा बम्जन, मध्यपुरका सुदर्शन श्रेष्ठ तथा महालक्ष्मीका निशान रावल र सगुन केसीले १÷१ गोल गरेका छन् । यसैगरी नागार्जुनका रोजन माली, विकेस विँडारी र निशान घले तथा चन्द्रागिरिका दाबा नोर्बु शेर्पा, रुजित पुडासैनी र साहिल रानाले पनि १÷१ गोल गरेका छन् ।

May be an image of 11 people, people playing football, people playing American football and text

May be an image of 2 people

May be an image of 3 people and crowd

May be an image of football, crowd, grass and text

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार