श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

मंगलबार, वैशाख २५, २०८१

नवलपरासी । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमान‍्लाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान् जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । प्रहरीले कँहारलाई हिजाे बिहान ८:३० बजे पाल्हीनन्दन गाउँपालिका-६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका नवलपरासीले जनाएको छ। श्रीमान‍् श्रीमतीबीच लामो समयदेखि विवाद रहँदै आएको प्रहरी अनुसन्धानले देखाएको नवलपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिए । आठ वर्षअगाडि विवाह भएका उनीहरूको दुई छोरा छन् ।  भारतको महाराजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमान‍्सँग विवाद भएपछि ६ महिनाअघिदेखि माइतमै बस्दै आएकी थिइन् । पछि उनका श्रीमान् जोखनले सुध्रिने वाचा गरेर वैशाख २१ गते श्रीमतीलाई घरमा ल्याएका थिए । सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धरिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ । प्रहरीले अभियुक्त कँहारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार