श्रीलङ्कालाई चीनले पाँच लाख खोप सहयोग गर्ने

बिहीबार, जेठ १३, २०७८

बेङजिङ । चीनले श्रीलङ्कालाई कोरोना भाइरसविरूद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ । पछिल्लो समयमा भारतमा कोभिड–१९ को अभाव सामना गर्नु परेपछि श्रीलङ्कालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन । बुधबार दोश्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो । यसअघि गत मार्चमा पाँच लाख मात्रा खोप श्रीलङ्का पुगेको थियो । अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा विकास गरेको र भारतमा उत्पादन गरिएको कोभिशिल्ड खोप उपलब्ध गराउने भनिए पनि भारतीय अदालतले खोप तत्काल बाहिर नपठाउन गरेको आदेशसँगै अहिले भारतले अन्य देशलाई पठाउने भनेको खोप आपूर्तिलाई रोकेको छ । श्रीलङ्का सरकारले चिनियाँ साइनोफार्मबाट एक करोड ४० लाख मात्रा खोप लिने निर्णय गरेको थियो । श्रीलङ्कामा अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने सङ्क्रमितमध्ये एक हजार २९८ जनाको मृत्यु भएको छ । श्रीलङ्कामा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ७८२ रहेको छ ।– एपी 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार