अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने दरमा १७ प्रतिशतले कमीे 

बिहीबार, जेठ १३, २०७८

वासिङ्टन । अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट २३ हजार १६२ जना सङ्क्रमित भएका छन् । यसैगरी उक्त अवधिमा कोरोना भाइरसबाट ५२२ जनाको मृत्यु भएको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्यामा बिगत दुई हप्तामा ३७ प्रतिसतले कमी आएको छ । अमेरिकामा हालसम्म कूल पाँच लाख ९१ हजार ५९३ जनाको निधन भएको छ भने दुई हप्तामा १७ प्रतिशतले मृत्यु सङ्ख्या घटेको छ । हाल अमेरिकामा २७ हजार ९४६ अस्पतालमा कोरोना सङ्क्रमित भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या २३ प्रतिशतले घटेको छ । अघिल्लो दिन अमेरिकामा नौ लाख ८६ हजार ३९५ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले बिहिबार बिहान मे २७ सम्म कोरोनाबाट सङ्क्रमितहुनेको कूल सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ८९५ रहेको छ । अमेरिकामा कूल २८ करोड ९२ लाख १२ हजार ३०४ जनाले कम्तिमा एक खोप लगाएका छन् ।अमेरिकामा पूर्णखोप लगाउनेको सङ्ख्या ४० प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको सङ्ख्या ५० प्रतिशत पुगेको छ ।–एपी 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार