युवा लक्षित कार्यक्रमलाई ललितपुर महानगर २४ नं. वडाको उच्च प्राथमिकता

सोमबार, वैशाख २४, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयले युवा लक्षित कार्यक्रमलाई चालु आर्थिक वर्षमा उच्च प्राथमिकता दिएको छ । २४ नं. वडाले नयाँ वर्षको सुरुवातकै दिन खेलकुद सप्ताह आयोजना गरी युवालाई एक ठाउँमा ल्याउन सफल भएको थियो । दोस्रो ७ ए साइड दोस्रो डोलकप फुटबल प्रतियोगिता नाम दिएर २४ नं वडाले युवाको स्वास्थ्यसँग खेललाई जोडेर कार्यक्रम आयोजना गरेको हो । वडाअन्तर्गतको युवा तथा खेलकुद विकास समितिले युवा लक्षित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेवका वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनुभयो ।

WhatsApp-Image-2024-05-03-at-15.48.06-1714949767.jpeg
डोलकप फुटबल प्रतियोगिता तथा वडाअध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गर्न खटिएका स्वयम् सेवकहरूले खेल अवधि भर नै गरेको उच्च कर्मको मूल्याङकनका लागि युवाहरूको क्षमता अभिवृद्धि तथा सचेतना कार्यक्रम आयोजना गरिएको वडाअध्यक्ष पाण्डेले जानकारी दिनुभयो । डोलकप फुटबललाई मर्यादित तथा उत्कृष्ठ बनाउन ठूलो संख्यामा स्वयम्सेवकहरूले योगदान गरेका थिए । 
युवा तथा खेलकुद विकास समितिले ती युवाहरूको क्षमता अभिवृद्धि तथा सचेतनाका लागि दुई दिने कार्यक्रम गरी उनीहरूलाई अझ जुझारु बनाउँदै वडाका सबै कार्यक्रमहरूमा यस्तै खालको सहभागिता अपेक्षासहित कार्यक्रम आयोजना गरेको हो । 

WhatsApp-Image-2024-05-03-at-15.48.09-1714949756.jpeg

ललितपुर महानगरपालिका २४ नं वडा अन्तर्गतको युवा तथा खेलकुद विकास समितिका संयोजक एवम् वडा नं २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेले युवा लक्षित कार्यक्रममध्येबाट नै युवा युवतीको क्षमता अभिवृद्धि तथा सचेतना कार्यक्रम आयोजना गरी उनीहरूले वडाकै गौरबका रुपमा अघि बढाइएको डोलकप फुटबलसहितको खेलकुद सप्ताहमा पु¥याएको योगदानको कदर स्वरुप कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 
दुई दिने उक्त कार्यक्रममा करिब ८० जना युवाहरूको सहभागिता भएको थियो । कार्यक्रममा स्वास्थ्य जीवनका लागि खेलकुदलाई अघि बढाउनु पर्ने विषयमा वडाअध्यक्ष पाण्डेले युवालाई प्रशिक्षण दिनुभएको थियो । 
युवा युवतीको क्षमता अभिवृद्धि  तथा सचेतना कार्यक्रममा भर्खरै सम्पन्न भएको डोलकप फुटलब प्रतियोगिता तथा वडाअध्यक्ष कप ब्याटमिन्टन प्रतियोगिताको समीक्षा पनि गरिएको थियो । 

WhatsApp-Image-2024-05-03-at-15.48.08-(1)-1714949758.jpeg
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार