धापाखेलको मुल सडक विस्तार–स्तरोन्नति गर्न सडक विभागलाई दबाब

आइतबार, वैशाख २३, २०८१

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलका जनप्रतिनिधिले धापाखेलको मूल सडक स्तरोन्नति कार्य तत्काल थालनी गर्न सडक डिभिजन कार्यालय ललितपुरलाई दबाब दिएका छन् । लामो समयदेखि धापाखेलको मूल सडक खाल्डा खुल्डी युक्त छन् । साँघुरो मूल सडक खाल्डा खुल्डी युक्त हुँदा बिरामी, बृद्धवृद्धासहित सडक प्रयोगकर्तालाई हिँडडुलमा असहज हुने गरेको छ भने कच्ची जस्तै बाटो हुँदा सडक आसपासका घरहरू धुलाम्मे हुने गरेका छन् । मूल सडक बर्खामा हिलाम्मे तथा हिँउदमा धुलाम्मे हुँदा आवत जावतमा कठिनाई भोग्नु परिरहेको छ । धुलाम्मे सडककै कारण अनेक खालका रोगको खतरा बढिरहेको छ ।WhatsApp-Image-2024-05-03-at-16.01.36-1714862779.jpeg

‘मूल बाटो विस्तारसहित स्तरोन्नति कार्य तत्काल सुरु गर्नका लागि ३०–४० जना वडावासीसहित आफूहरू सडक डिभिजन कार्यालय ललितपुर गएको’ वडाअध्यक्ष दिनेशजंग पाण्डेले शब्दपाटीलाई जानकारी दिनुभयो । 
सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख सिनियर डिभिजन इन्जिनियर मुकुन्दराज अधिकारीलाई भेट गरी सडक स्तरोन्नति कार्य तत्काल सुरु गर्न आफूहरूले आग्रह गरेको वडाअध्यक्ष पाण्डेले जानकारी दिँदै भन्नुभयो, ‘सडक डिभिजन कार्यालयका प्रमुखले आफूहरूलाई चालु आर्थिक वर्षको बजेटबाट तत्कालै काम सुरु गर्ने तथा आगामी वर्ष प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजनका लागि विभाग तथा मन्त्रालयमा ताकेता गर्ने आश्वसन दिनु भएको छ ।’ धापाखेलको मूल सडक स्तरोन्नतिसहितको काय तत्काल थालनी गर्न वडाअध्यक्ष दिनेशजंग पाण्डेको नेतत्वमा वडाका सबै जनप्रतिनिधि तथा वडावासी सडक डिभिजन कार्यालय हरिहर भवन गएका हुन् । WhatsApp-Image-2024-05-03-at-16.01.36-(1)-1714862777.jpeg
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार