ललितपुर महानगरपालिका जनताका समस्याप्रति संवेदनशील छ : चिरीबाबु महर्जन 

शनिबार, वैशाख २२, २०८१

 काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगरबासीका आवश्यक्ता र चाहनाहरुलाई मूर्त रुप दिन आफू लालायीत भएको बताएका छन् ।  ललितपुर महानगरपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन सुरु गरिएको उल्लेख गर्दै जनताका चाहाना र आवश्यक्ताका आधारमा बजेट निर्माण गरिने बताए । 

उनले भने, ‘नगरबासीहरुको चाहानाहरुलाई मुर्त रुपमा कार्यान्वयन गर्नका लागि लालायीत छौं । हामी नगरबासीका समस्याप्रति संवेदनशील छौं  । अहिले हामी नगरको नीति तथा कार्यक्रम बनाउनेतर्फ लागिरहेका छौं । बजेट मेकिङ सेसन सुरु भइसक्यो । सार्वजनिक सुनुवाईमा नगरबासीहरुबाट प्राप्त भएका सुझाब र पृष्ठपोषणका आधारमा बजेट निर्माण गर्न चाहान्छौं ।’
महानगरबासीका लागि आफू नेतृत्वका जनप्रतिनिधिहरु सेवक भएर लागिरहेको महर्जनको भनाइ छ ।  सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख महर्जनले यातायात सेवामा सहजिकरण र  वडा र पालिका तहबाट प्रदान गरिने सेवाहरुको सहज र सरल बनाउँदै जाने प्रतिवद्धता जनाए ।  जनताको आवश्यक्ता पहिचानका लागि गत वर्ष दुई ठाउँमा सार्वजनिक सुनुवाई गरिएको स्मरण गर्दै महर्जनले आफू पालिका बासीले देखाएको बाटोमा हिँडिरहेको दाबी गरे ।  उनले भने, ‘सार्वजनिक सुनुवाईको महत्वलाई ध्यानमा राख्दै गत वर्ष दुई ठाउँमा गरेका थियौं । यस वर्ष केही समस्याका कारणले दुई ठाउामा गर्न सकिएन । अर्को वर्ष जनमतका आधारमा सार्वजनिक सुनुवाई गर्नेछौं ।  नगरबासीको सेवा गर्नका लागि हामी सेवक भएर बसिरहेका छौं । प्रमुख र उपप्रमुखले भेट्नको लागि समय नदिएको भन्ने गुनासाहरु बढिरहेका छन् । तपाईले समय माग्नुस् त्यही समयमा म भेट्ने प्रयास गर्छु । तर, गाली चाँही नगरिदिनुस् है ।’ 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार