अब नगरवासीलाई महानगरले निःशुल्क लोकसेवा तयारी गराउने 

शनिबार, वैशाख २२, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।   महानगरले आज सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरेकाहरुका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेकोले आवेदन माग गरेको हो ।  लोकसेवा तयारी गरिरहेका इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न महानगरले आग्रह गरेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार